काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मंसिर महिनासम्म कूल ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँबराबर विप्रेषण मुलुक भित्रिएको जनाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो। मंसिर महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब १८ अर्ब ७९ करोड रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ।


