ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको खुलासा, ऋण उठाउन जाँदा ऋणीले छ्यापे कालोमोसो !

काठमाडौँ। ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको पाइएको छ। सप्तरीको रुपनीस्थित ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको हो ।

मंसिर २५ गते ऋण असुलीका लागि गएको टोलीलाई स्थानीयले कालोमोसो दलेर कुटपिट, गालीगलौज र अन्य दुर्व्यवहार भएको छ ।

ज्योति विकास बैंकका सूचना अधिकारी प्रकाश बरालका अनुसार रुपनी शाखाका कर्मचारी ऋण असुलीको क्रममा उपस्थित हुँदा अनौपचारिक समूहले उनीहरूमाथि कालोमोसो छ्याप्दै शारीरिक एवम् मौखिक रूपमा दुर्व्यवहार गरेका हुन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्