काठमाडौँ। एनएमबि बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
जसमध्ये ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरेपछि उक्त प्रस्तावित लाभांश वितरण गरिनेछ।




