काठमाडौँ। नबिल बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट औपचारिक स्वीकृति पाएको छ।
सेबोनले बैंकले प्रस्ताव गरेको ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्न मंसिर ५ गते अनुमति दिएको हो।
जसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५ करोड कित्ता शेयर निष्कासनका लागि अनुमति दिएको छ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।




