साना किसान विकास लघुवित्तमा सिइओ बन्न चाहनेलाई अवसर

काठमाडौँ। साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै  प्रमुख कार्यकारी अधिकृत (सिइओ) माग गरेको हो ।

इच्छुक उम्मेदवारसँग चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून विषयमा स्नातक उपाधि प्राप्त गरेको हुनुपर्नेछ।

साथै, बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, विश्वविद्यालय, संगठित संस्था वा अन्तर्राष्ट्रिय संघरसंस्थामा कम्तीमा १० वर्ष अधिकृत वा सोभन्दा माथिल्लाे पदमा अनुभव भएको हुनुपर्नेछ ।

उम्मेदवारले कात्तिक १९ गतेभित्र काठमाडौं, बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउन सक्ने कम्पनीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्