HIMALAYAN LIFE
Banking Sansar Mobile App

एनएमबि बैंकको कर्पोरेट कम्युनिकेसन विभागबाट कृष्ण वाग्ले छोटो समयमै किन हटाइए ? यस्तो रहेछ कारण

काठमाडौँ । करिव ५ महिना अगाडीको कुरा हो,  एनएमबि बैंकको कर्पोरेट कम्युनिकेसन डिपार्टमेन्टमा कृष्ण वाग्ले प्रमुख थिए । बैंकिङमा लामो अनुभवको कथा भनेर नथाक्ने उनी सो विभागमा आएको छोटो समयमै सो विभागबाट हटाइए । उनलाई सो विभागबाट हटाउनुको पछाडीको कारण थियो उनीबारेको चौतर्फी गुनासो ।
उनी छोटो समय सो विभागमा रहेर काम गरे । तर यो बीचमा उनको परिचय मान्छे कुराउने बैंकर, मिडियाकर्मीलाई इज्जत नगर्ने बैंकर, मिडिया नबुझेको बैंकर, मिडियामा फिट नभएको मान्छे बनेको आरोप लाग्यो उनीमाथि ।आफैं मिडियाकर्मीलाई बोलाएर, आफैंले दिएको समयमा नभेटी मान्छे कुराउने गरेको, मिडियाकर्मीसँग भेटेर उनी घन्टौं कुरा गर्दा पनि बैङ्ककै कुरा काट्ने गरेको आरोप उनी माथि लागिरह्यो ।  यतिसम्मकि सीइओले गर्नू भनेर दिएको काम पनि उनी मिल्दैन भनेर टारीदिन्थे । उनकै कारण मिडिया र बैंकबीच ठुलो खाडल बनिसकेको थियो ।
यसै बीच एक दिन सीइओले एक चर्चित आर्थिक मिडियाका संचालकलाई भेट्न बोलाए । तर उनले सिधै आफु कृष्ण वाग्लेबाट अपमानित भएको भन्दै उनी त्यहाँ रहुन्जेल बैंकमा पाइला नटेक्ने बताए ।
उनी बैंकको कर्पोरेट कम्युनिकेसनमा काम गर्ने भए पनि उनको काम अरुबाटै फाइनल हुन्थ्यो । अझ प्रष्ट भन्दा – उनी डमीजस्ता थिए सो विभागमा । बैंकलाई आवश्यक पर्दा अरुले नै काम गर्थे । उनको काम भनेको अरुले सबै टुंग्याएको कामको इमेल लेख्नु मात्र हुन थाल्यो । यस विषयमा बुझेपछि उनी मिडिया फ्रेण्डली हुन नसकेको भन्दै उनलाई बैंकले सो विभागबाट हटायो ।
यति हुँदा पनि उनी सुध्रिएनन् । उनले आफ्नो विषयमा आएको समाचार हटाउन पटक पटक मिडियामा फोन गर्न थालेका थिए । पछि उनको ठाउँमा आएका विष्णु पौडेलले मिडियामा जथाभावी फोन नगर्न भनेपछि उनले फोन गर्न छोडेका थिए ।
वाग्लेको दाबी यस्तो !
आफुलाई बैंकले दिएको जिम्मेवारी अनुसार आफु सो विभागमा गएको तर, बैंकले पुन: अर्को विभागमा लगेपछि आफु अर्को विभागमा गएको उनको दाबी छ । तर उनले बैंकिङ संसार डटकमलाई समेत आफ्नोबारेमा आएको समाचार हटाउन पटक पटक दबाब दिएका छन् । ‘म त बैंकको कर्मचारी न हुँ, बैंकले जता काम गर भन्यो, त्यतै गरेको हुँ । केहि समयमै अर्को विभागमा सारिदियो, म त्यहि अनुसार काम गरिरहेको छु ।’ वाग्लेले बैंकिङ संसार डटकमसँग भने । आफुलाई हटाइएको भन्दा पनि जिम्मेवारी परिवर्तन गरिएको तर्क उनको छ । ‘म पहिला जे मा थिएँ, अहिले त्यहि छु, भएको यति हो ।’ उनले भने ।
अहिले विष्णु पौडेल बैंकको सो विभागका प्रमुख छन् । वाग्ले हुनुभन्दा अगाडी पनि पौडेल नै सो विभागका प्रमुख थिए । उनी हुनुभन्दा अगाडी पनि एनएमबि बैंकमा सो विभागमा खासै कोहि टिक्न भने सकेका थिएनन् । कोहि ६ महिना, कोहि ९ महिना गरेर सो विभागमा कर्मचारीहरु निस्किंदै गए । सीइओको ४ बर्षको कार्यकालमा सो विभागमा ४ जना भन्दा बढी नै भर्ती गरिएको तर कोहि पनि नटिकेको तीतो इतिहास एनएमबि बैंकसँग छ ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।