महालक्ष्मी विकास बैंकको पोखरा शाखा क्षतिग्रस्त !

काठमाडौँ।  महालक्ष्मी विकास बैंकको पोखरा शाखा क्षतिग्रस्त भएको छ। बैंकले आफ्नो लेकसाइड, पोखरामा रहेको शाखाको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाएको हो।

हाल बैंकको शाखाबाट प्रवाह हुने सेवा भने नजिकका शाखा कार्यालयमार्फत लिन सकिने बैंकले जानकारी दिएको छ।

लेकसाइड शाखा बाहेक बैंकका अन्य १०२ शाखा कार्यालय पूर्ण रूपमा सञ्चालनमा रहेको र सम्पूर्ण डिजिटल सेवाहरू सुरक्षित रुपमा सञ्चालन भइरहेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्