सरकारले आगजनीबाट क्षति भएका निजी क्षेत्रलाई सफ्ट लोन दिने !

काठमाडौँ। सरकारले आगजनीबाट क्षति भएको निजी क्षेत्रलाई सफ्ट लोन दिने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा आगजनीबाट क्षति भएको निजी क्षेत्रलाई सफ्ट लोन दिने जनाएकी छिन्।

प्रधानमन्त्री कार्कीले आइतबार पदभार ग्रहण गर्दै साना व्यापारीदेखि ठुला उद्योगीसम्मलाई आवश्यक सहयोग गर्ने उल्लेख गरेकी छिन्।

प्रधानमन्त्री कार्कीले घटनामा संलग्नहरूविरुद्ध पनि छानबिन चल्ने र सत्य तथ्य बाहिर ल्याइने जनाएकी छिन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्