prabhu

एनआईसी एशियाको लापरवाहीले आईपीओ नपरेकाको खातामा पनि हिमस्टार उर्जाको सेयर पुगेको खुलासा !

काठमाडौँ । एनआईसी एशिया बैंकको सब्सीडरी कम्पनी एनआईसी एशिया क्यापिटलको चरम लापरवाहीका कारण आइपीओ नै नपरेकाको खातामा हिमस्टार उर्जाको सेयर पुगेपछि अन्तत:सो कम्पनीको शेयर रोक्का भएको छ । सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले एक सूचना जारी गर्दै सो सेयर कारोबार रोक्का भएको जनाएको हो ।
आइपीओ परेको सेयर लगानीकर्ताको खातामा जम्मा गर्ने क्रममा एनआईसी एशिया क्यापिटलका कर्मचारीको लापरवाहीका कारण सेयर नपरेकाहरुको खातामा पनि सो सेयर पुगेको थियो । सीडीएससीले सो काम सच्याउने प्रयोजनको लागि भदौ २ गते जम्मा भएको हिमस्टारको शेयर रोक्का राखेको जनाएको छ ।
एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको सब्सीडरी कम्पनी हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै