प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। प्रभु बैंकको सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १६ लाख ६० हजार ६९५ कित्ताकित्ता सेयर बिक्रीमा राखिएको हो।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

निवेदन १५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै