काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारामा अवस्थित महेन्द्र नारायण निधी मेमोरियल अस्पतालसँग स्वास्थ्य सेवा शुल्कमा छुट दिने सम्झौता गरेको छ।
सम्झौता अनुसार, बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवा तथा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । सेवाग्राहीले बैंकसँगको सदस्यता वा खाता सम्बन्धी प्रमाण पेश गरेपछि यो सुविधा सहज रूपमा लिन सक्ने व्यवस्था गरिएको छ।
बैंकले यस सहकार्यबाट ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने र स्वास्थ्य सेवाप्रति पहुँच तथा सम्बन्ध दुवै बलियो हुने अपेक्षा गरेको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र अस्पतालका अध्यक्ष कपिल ज्ञवालीले हस्ताक्षर गरेका छन्।