prabhu

समता लघुवित्तको नाफा २४१ % ले उकालो, खराब कर्जा घटेर ६.८७ प्रतिशतमा झर्यो !

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, संस्थाले यस अवधिमा ८ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २ करोड ४९ लाख रुपैयाँको तुलनामा करिब २४१ प्रतिशतले वृद्धि हो ।

समीक्षा अवधिमा सञ्चालन मुनाफा १४ करोड ८५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४ करोड ३९ लाख रुपैयाँभन्दा २३७.९४ प्रतिशतले बढी हो । साथै, ब्याज आम्दानी ३३ करोड ७७ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको १९ करोड ४४ लाख रुपैयाँभन्दा ७३/७५ प्रतिशतले वृद्धि हो ।

संस्थाको वितरणयोग्य मुनाफा ६ करोड ८६ लाख रुपैयाँ रहेको छ र यससँगै १०.९१ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ। चुक्तापुँजी ६२ करोड ९० लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ क्रमशः ६ करोड ८६ लाख र १५ करोड ३८ लाख रुपैयाँ पुगेका छन्, जुन अघिल्लो वर्षभन्दा वृद्धि हो ।

समीक्षा अवधिमा संस्थाले ३ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ सापटी लिएर ५ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ३२ करोड ४३ लाख रुपैयाँ सापटी र ४ अर्ब २६ करोड ९२ लाख रुपैयाँ कर्जा लगानीभन्दा बढी हो ।

खराब कर्जा अनुपात ६.८७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको १०.४८ प्रतिशतभन्दा कम हो । संस्थाको वार्षिक प्रतिशेयर आम्दानी १३.५१ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४.४२ रुपैयाँ भन्दा निकै उच्च हो । पीई अनुपात ७० गुणा र प्रतिशेयर नेटवर्थ १३५.३७ रुपैयाँ रहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै