prabhu

मेरो माइक्रोफाइनान्सको नाफा ४८% ले वृद्धि, वित्तीय प्रदर्शन मजबुत

काठमाडौं ।  मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, संस्थाले यस अवधिमा २१ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १४ करोड ५७ लाख रुपैयाँ नाफासँग तुलना गर्दा ४८.२९ प्रतिशतले वृद्धि हो।

समीक्षा अवधिमा सञ्चालन मुनाफा ३३ करोड २ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २१ करोड ५१ लाख रुपैयाँभन्दा ५३.४८ प्रतिशतले बढी हो। यद्यपि, ब्याज आम्दानी १.८२ प्रतिशतले घटेर १ अर्ब ५ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ।

वितरणयोग्य मुनाफा ११ करोड ३१ लाख रुपैयाँ पुगेको छ र संस्थाले ७.९७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ। चुक्तापुँजी १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ कायम छ भने रिटेन्ड अर्निङ र रिजर्भ क्रमशः ११ करोड ३१ लाख र ७१ करोड १४ लाख रुपैयाँ पुगेका छन्, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो।

समीक्षा अवधिमा संस्थाले ८ अर्ब २० करोड ८८ लाख रुपैयाँ सापटी लिएर १५ अर्ब १ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ, जसमा गत वर्षको ८ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ सापटी र १३ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ कर्जा लगानीभन्दा वृद्धि देखिएको छ।

खराब कर्जा अनुपात ९.९९ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ८.२३ प्रतिशतभन्दा बढेको हो । वार्षिक प्रतिशेयर आम्दानी  १५.२३ रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यो ११.०४ रुपैयाँ थियो। संस्थाको पीई अनुपात ५५.५९ गुणा र प्रतिशेयर नेटवर्थ १५८.११ रुपैयाँ रहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै