काठमाडौं । भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डियाले २०२५ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ। यस पटक रेपो दरमा कुनै परिवर्तन नगरी ५.५० प्रतिशतमै कायम राखिएको छ, जसले ऋण ब्याजदरमा तत्काल राहत नदिने संकेत गर्दछ।
वित्तीय वर्ष २०२५ /२६ का लागि भारतको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अपेक्षा गरिएको छ भने मुद्रास्फीति ३.१ प्रतिशतमा स्थिर रहने अनुमान छ। नीति अनुसार आर्थिक अवस्था स्थिर राख्नका लागि विभिन्न रणनीतिहरू पनि अघि सारिएका छन्।
नयाँ मौद्रिक नीतिका मुख्य पाँच बुँदा यस प्रकार छन् :
१. रेपो दर ५.५० प्रतिशतमा कायम राखेर मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने प्रयास।
२. अर्थव्यवस्थाको वृद्धिदरलाई स्थिर बनाउन तरलता व्यवस्थापनमा जोड।
३. खाद्य वस्तु र तेलको मूल्य वृद्धिलाई नियन्त्रित गरी मुद्रास्फीति लक्ष्यभित्र राख्ने उपाय।
४. लगानी र उद्योग प्रवर्द्धनका लागि नीतिगत सहयोगहरू प्रदान गर्ने।
५. वित्तीय स्थिरता सुनिश्चित गर्न बैंकिङ प्रणालीमा आवश्यक सुधारहरू कार्यान्वयन गर्ने।
यस मौद्रिक नीतिले भारतको आर्थिक विकासलाई निरन्तरता दिन र वित्तीय प्रणालीलाई बलियो बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।