prabhu

ग्लोबल आइएमई बैंकको नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग, शुभाष सापकोटाद्धारा चेक हस्तान्तरण

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकको नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । बैंकले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 
बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमकाबीच नागरिक केयर सेन्टरका संयोजक पवन कुमार शारडालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोजक शारडाले ग्लोबल आइएमई बैंकले नागरिक केयर सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिएका छन् ।
बैंकले हालसम्म २ सय ६४ वटा शाखा सञ्जाल, २ सय ३९ वटा एटिएम, २ सय ४१ वटा शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरुमाझ बैंकि सेवा प्रदान गर्दै आइरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै