काठमाडौँ। नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगानाले तत्काल नयाँ बैंकहरुलाई लाइसेन्स दिन नसकिने बताएकी छिन्। आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान) ले काठमाडौँमा आयोजना गरेको ‘इमान संवाद: फ्युचर अफ बैंकिङ’ छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले आगामी दिनमा बैंकिङ क्षेत्रलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्ने आवश्यकता औँल्याएकी छन्।
साथै, उनले बैंकिङ क्षेत्रलाई आधुनिक प्रविधिमैत्री, पारदर्शी र जनता केन्द्रित बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिएकी छिन्।