वाणिज्य बैंकहरुबाट सवा २ खर्ब बढी कर्जा प्रवाह, सबैभन्दा धेरै ऋण नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट प्रवाह !

काठमाडौँ। चालु आर्थिक वर्षको ११ महिनासम्ममा वाणिज्य बैंकहरुबाट सवा २ खर्ब रुपैयाँ बढी कर्जा लगानी भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठसम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले घरजग्गामा २ खर्ब ३२ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले २ खर्ब १७ अर्ब ११ करोड रुपैयाँ कर्जा विस्तार गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा घरजग्गामा जाने कर्जा ७.०३ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा १५ वटा वाणिज्य बैंकले घरजग्गाको कर्जा लगानी बढाएका छन् भने ५ वटाको घटेको छ। सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अगाडि रहेको छ।

यस अवधिसम्म नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २५ अर्ब ६ करोड २३ लाख रुपैयाँ घरजग्गामा कर्जा लगानी गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्