prabhu

ग्लोबल आईएमई बैंकमा कर्मचारीको मनपरीदेखि, बैंकका कर्मचारीलाई ‘क्लोजिङ’ मा बेहाल, यी हुन् आजका खास ६ बैंकिङ न्युज

बैंकको पैसा कागज मिलाएर आफ्नै कर्मचारीको खातासम्म पुर्याउने गरेको खुलासा !

१ . ग्लोबल आईएमई बैंकका कर्मचारीले बैंकको पैसा कागज मिलाएर आफ्नै कर्मचारीको खातासम्म पुर्याउने गरेको खुलासा भएको छ । आफ्नै श्रीमतीका नाममा कम्पनी बनाउने र सो कम्पनीमा खर्च देखायेर पैसा दिने काम भएको पाइएको हो । राष्ट्र बैंकले यस विषयमा खोजिनिधीसमेत गरिरहेको छ।

ग्लोबल आईएमइ बैंकका कर्मचारीले असार मसान्त नजिँकिदै गर्दा जागिर नै छोडे !

२ . पछिल्लो समय बैंकको जागिर छोड्नेहरू बढ्दै गएको पाइएको छ।  बैंकको काममा प्रेसर धेरै नै भएको भन्दै विभिन्न बहानामा बैंकको जागिर छोड्नेहरू बढ्दै गएको पाइएको हो। काममा प्रेसर भएको भन्दै विभिन्न बहानामा ग्लोबल आईएमइ बैंकका कर्मचारीले असार मसान्त नजिँकिदै गर्दा नै जागिर छोडेका छन् । विदेशको भिसा लागेको, घरमा बा आमा सिकिस्तै भएको लगायतका बहाना बनाएर बैंकको जागिर छोड्नेहरु ह्वात्तै बढेका हुन् । नेपालमा बैंकका जागिर छोड्दै विदेश जाने वा निजी क्षेत्रमा जाने प्रवृत्ति वास्तवमै तीव्र रूपमा बढ्दै गएको छ। पछिल्लो तथ्यांकअनुसार विगत १ वर्षभित्र वाणिज्य बैंकका तीन हजार भन्दा बढी कर्मचारीहरूले जागिर छाडेका छन्।अत्यधिक कामको बोझ र लक्ष्यको दबाब, तलब तथा सुविधामा असन्तुष्टि, बैंक मर्जर, प्रशासनिक भेदभाव र गुटबन्दीका कारण पनि बैंकको जागिर छोड्नेहरू बढ्दै गएको पाइएको छ।

वाणिज्य बैंकका सेयर मूल्य बढ्न थाले, बैंकका सेयरधनीहरु मालामाल !

३ . लामो समयदेखि बढ्दै नबढेका वाणिज्य बैंकका सेयर मूल्य बढ्न थालेका छन् । ठुला सेयर खेलाडीहरिसमेत वाणिज्य बैंकमा आकर्शित हुन थालेपछी वाणिज्य बैंकका सेयरधनीहरु मालामाल भएका हुन् । लामो समयदेखि स्थिर देखिएका वाणिज्य बैंकहरुको सेयर मूल्य अहिले हल्का तर, निरन्तर वृद्धि भइरहेको छ। पछिल्लो दिनहरूमा नेप्से परिसूचक २७०० अंकभन्दा माथि पुग्न सफल भएको छ। जसमा बैंकिङ क्षेत्र प्रमुख योगदानकर्ता रहेको छ।

वाणिज्य बैंकहरुको नाफा ४.९७ प्रतिशतले घट्यो !

४ . वाणिज्य बैंकहरुको नाफा घटेको छ। चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनासम्ममा वाणिज्य बैंकहरुको नाफा ४.९७ प्रतिशतले घटेको हो। यस अबधीमा हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले ४३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। समीक्षा अवधिसम्म ९ वटा बैंकको नाफा बढेको छ भने ११ वटा बैंकको नाफा घटेको छ।

कुमारी बैंकले एउटै मोबाइल नम्बरमा धेरै खाता सञ्चालन गर्न नदिने !

५ . कुमारी बैंकले एक भन्दा बढी खातामा एउटै मोबाइल नम्ब राखेर खाता सञ्चालन गर्न नदिने भएको छ । बैंकले एक भन्दा बढी खाताहरूमा एउटै मोबाइल नम्बर राखि बैंकिङ सेवा प्राप्त गरिरहेका ग्राहकको खाता नै बन्द गर्नेसमेत भएको हो । एक भन्दा बढी खातामा एउटै मोबाइल नम्बर (आधिकारिक तथा योग्य खातामा बाहेक) राखेर खाता सञ्चालन गर्न बैंकले बन्देज गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धमा ग्राहकले उपलब्ध गराएको मोबाइल नम्बरको विवरण ग्राहककै रहे-नरहेको सुनिश्चित गर्न बैंकले यस्तो जनाएको हो। निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धति अवलम्बन गर्नु पर्ने व्यवस्था रहेको तथा दूरसंचार सेवा प्रदायकहरूले सञ्चालनमा नआएका सिम कार्डहरू पुन: जारी गरि अन्य प्रयोगकर्तालाई हस्तान्तरण गरेको हुन सक्ने बैंकले जनाएको छ ।

असार मसान्त चलिरहेको बाहानामा घरमा ढाँटेर बाहिर रमाइलो गर्दै बैंकका कर्मचारीहरु !

६ . कतिपय बैंकका कर्मचारीहरु अफिसमा असार मसान्त चलिरहेको बाहानामा घरमा ढाँटेर बाहिर रमाइलो गरिरहेको पाइएको छ । घरमा असार मसान्त छ भनेर बाहाना बनाउने तर फिल्म हेर्न जाने, बाहिर साथीभाइसँग रमाइलो गर्ने, घर अबेर आउनेजस्ता हर्कत ब्रान्च मेनेजरहरुबाटैसमेत भएको पाइएको हो । यसरी केही मेनेजरहरुले झुट बोल्दा रात विरात बैंकको काम गरिरहेकाहरुको आत्मासम्मानमासमेत चोट पर्ने देखिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै