काठमाडौँ। बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले खराब कर्जाका लागि बलियो सम्पत्ति व्यवस्थापन कम्पनी चाहिने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार राजधानी आयोजना प्रि मनिटरी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
जसका लागि लागि अब राष्ट्र बैंकले केही सहज नीति लिनुपर्ने बताएका छन् । कार्यक्रममा उनले ६ प्रतिश आधार दरमा लोन प्रवाह भएको पनि बताएका छन्। बिगतमा १५-१६ प्रतिशतसम्म पनि गएको लोन अहिले कम दरमा पनि नजानु भनेको डिमाण्ड नै सिर्जना नभएको अध्यक्ष सन्तोष कोइरालाले जनाएका छन्।
उनले रियल स्टेटसहितमा गएको लोन बाउन्स नभएसम्म अर्थतन्त्रले अपेक्षित गति लिन सक्ने समेत उल्लेख गरेका छन्।