काठमाडौँ । ग्लोबल आईएमई क्यापिटलले विश्वप्रख्यात ब्राण्ड ‘एसीसीए’माथि भद्दा मजाक गरेको पाइएको छ । कम्पनीलाई एसीसीएले दिएको अप्रुभ्ड इम्प्लोयर गोल्डको लोगोलाई दुरुपयोग गर्दै क्यापिटलले आफुहरु एसीसीए सर्टिफाइड भन्दै भ्रम बाँडिरहेको हो ।
खासमा एसीसीए सर्टिफाईड हुनु र अप्रुभ्ड इम्प्लोयर हुनु नितान्त फरक कुरा हुन् । अर्थात एसीसीए अप्रुभ्ड इम्प्लोयर भन्नुको अर्थ एसीसीए सर्टिफाईड होइन ।
एसीसीए अप्रुभ्ड इम्प्लोयर भन्नाले एसीसीएले मान्यता दिएको त्यस्तो संस्था भन्ने बुझिन्छ, जहाँ एसीसीए विद्यार्थी वा सदस्यहरूलाई आवश्यक पर्ने प्रशिक्षण, विकास र अनुभव दिने उच्च स्तरको वातावरण प्रदान गर्छ । तर यसको अर्थ सर्टिफाईड भन्ने हुँदैन । हालसम्म संस्थालाई एसीसीए सर्टीफाईड दिने चलन नै छैन । अर्थात, यो सर्टिफिकेसन व्यक्तिले मात्र पाउँछन्, संस्थाले पाउँदैनन् ।
तर, ग्लोबल आईएमई क्यापिटलले भने मनपरी ढंगले एसीसीएबाट आफु सर्टीफाईड भएको भन्दै वेवसाइटमा भ्रम छरिरहेको छ ।