prabhu

‘निष्कृय कर्जा बढी भएको क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति आउँछ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले निष्कृय कर्जा बढी भएको क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति तर्जुमा भइरहेको बताएका बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्धारा असार २२ गते काठमाडौँमा आयोजित मौद्रिक नीति पूर्वसन्ध्या अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

गर्भनर पौडेलले समस्या भएका क्षेत्रलाई नै प्राथमिकतामा राखेर नयाँ मौद्रिक नीति आउने बताएका छन्। उनले निष्कृय कर्जा (एनपिएल) बढी भएको क्षेत्र कृषि तथा उद्योग क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति तर्जुमा भइरहेको बताएका हुन्।

कार्यक्रममा गभर्नरले बढी एनपिएल हुँदैमा ती क्षेत्रलाई छोड्न नमिल्ने र  साना व्यवसायी एमएसएमई बढाएर जानुपर्ने उल्लेख गरेका छन्।

गभर्नर पौडेलले आगामी मौद्रिक नीति वित्त नीतिले निर्देशीत गरेका कार्यक्रमहरूलाई सम्बोधन तथा समावेश गर्नेगरी आउने जनाएका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै