नबिल इन्भेष्टमेन्ट बैंकिङका नयाँ अध्यक्षमा सुजित शाक्य नियुक्त

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त भएका छन्। नबिल बैंकको प्रतिनिधित्व गर्दै शाक्यले इन्भेष्टमेन्ट बैंकिङको नेतृत्व पाएका हुन्।

बैंकिङ क्षेत्रमा २८ वर्षभन्दा बढीको अनुभव बोकेका शाक्य हाल नबिल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन्। भारतको नोयडाबाट वाणिज्य विषयमा स्नातक गरेका उनले इन्स्टिच्युट अफ प्रोडक्टिभिटी म्यानेजमेन्टबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

शाक्यले आफ्नो करियर नेपाल श्रीलंका मर्चेण्ट बैंकबाट सुरु गरेका थिए। उनले हिमालयन बैंक, लक्ष्मी बैंक, एनआईसी एशिया बैंक, सिभिल बैंक र जनता बैंक हुँदै नबिल बैंकमा प्रवेश गरेका हुन्। कर्पोरेट बैंकिङ र संस्थागत दायित्व व्यवस्थापनमा समेत उनको गहिरो अनुभव छ।

नयाँ जिम्मेवारीसँगै शाक्यले नबिल इन्भेष्टमेन्ट बैंकिङको रणनीतिक दिशा र संस्थागत सुदृढीकरणमा थप योगदान दिने अपेक्षा गरिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्