१० पास गरेकालाई मातृभूमि लघुवित्तमा जागिरको अवसर

काठमाडौँ। मातृभूमि लघुवित्त वित्तीय संस्थाले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक पदमा खुला प्रतिस्पर्धाबाट स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

उक्त पदमा एसईई वा सो सरह उत्तीर्ण गरेकाले पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बैंक तथा  वित्तीय संस्था वा लघुवित्तमा कम्तीमा ६ महिनाको कार्य अनुभव भएकालाई बढी प्राथमिकता दिइनेछ।

आवेदन दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक आवेदकले असार १९ गतेभित्र आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्