वाणिज्य बैंकहरुबाट पर्यटन क्षेत्रमा २ खर्ब बढी कर्जा प्रवाह, सबैभन्दा धेरै ऋण नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंकबाट प्रवाह !

काठमाडौँ। वाणिज्य बैंकहरुबाट पर्यटन क्षेत्रमा २ खर्ब १७ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको छ। चालु आर्थिक वर्षको वैशाखसम्ममा वाणिज्य बैंकहरुबाट पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा २ खर्ब १७ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा २० वटा वाणिज्य बैंकले २ खर्ब १७ अर्ब ९४ करोड ४० लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्म उक्त क्षेत्रमा बैंकहरुले १ खर्ब ९४ अर्ब ५९ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा १२ प्रतिशतले बढी हो।

पर्यटन क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यस बैंकले चालु आर्थिक वर्षको वैशाखसम्म २२ अर्ब ९७ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जुन ०.१३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २२ अर्ब ९४ करोड ८ लाख रुपैयाँ यो शीर्षकमा कर्जा प्रवाह गरेको थियो।

साथै, दोस्रोमा प्रभु बैंकले पनि सबैभन्दा धेरै २१ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्