काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकका लागि ४० जना कर्मचारी माग गरेको हो ।
कम्पनीका अनुसार उक्त पदका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। उमेरको हदमा १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।