prabhu

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। ज्योति विकास बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले असार २ गतेदेखि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवदेन दिन मिल्ने गरी सेयर बिक्रीमा राखेको हो।

सेयर खरिदकालागि आजदेखि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवदेन दिन पाउने छन् । तर, बैंकले बिक्रीमा राखेको शेयर संख्या भने खुलाएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौँको कमलपोखरीस्थीत बैंकको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर सङ्ख्या उल्लेखगरी सुचना प्रकाशीत भएको मितीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै