prabhu

प्रभु बैंकका ग्राहकलाई होटल हिमालय सेरेन भ्युमा छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहकलाई होटल हिमालय सेरेन भ्युमा छुट हुने भएको छ। बैंकका ग्राहकलाई उक्त होटलमा पाइने खाना, पेय पदार्थ तथा आवासमा छुट हुने भएको हो।

बैंक र होटल हिमालय सेरेन भ्युबीच छुट सम्झौता भएको छ । पोखरा महानगरपालिका वडा नं ३१, बेगनासतालस्थित उक्त होटलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउनेछन् ।

सम्झौता पत्रमा होटल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका हुन् ।

बैंकले नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै