स्वावलम्बन लघुवित्तको ५३ हजार कित्ता संस्थापक सेयर लिलामी खुला, न्यूनतम मूल्य ४३५ रुपैयाँ

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २९ गतेदेखि ५३ हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ।

लिलामीमा सहभागी हुन इच्छुक व्यक्तिले न्यूनतम ४३५ रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीहरू, संघ-संस्था तथा सर्वसाधारण सबैले आवेदन दिन सक्नेछन्। बोलपत्र पेश गर्न सक्ने अन्तिम म्याद असार १२ गतेसम्म तोकिएको छ।

लिलामीको आवेदनपत्र बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा बुझाउन सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्