हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ।  हिमालयन बैंकले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। बैंकले स्वान इन्टरनेशनल प्राइभेट लिमिटेडको नाममा रहेका ३१ हजार २ सय ३७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीहरूलाई उक्त सेयर खरिदका लागि अवसर प्रदान गरेको थियो। तर, तोकिएको समयभित्र आवेदन नपरेपछि अब ती सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

सेयर खरिदमा इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिन चाहनेहरूले बैंकको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंस्थित कानुन तथा सेयर विभागमा निवेदन दिनुपर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्