DISH HOME

ठूलो ऋण र वित्तीय असन्तुलन: साना व्यवसायी र व्यक्तिगत ऋणीहरूको संख्या धेरै

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाबाट कुल १९ लाख ४० हजार आठ सय ८८ जनाले विभिन्न स्तरमा ऋण लिएका छन्। १८ लाख ६९ हजार ७५ जनाले सबैभन्दा धेरै १ करोड रुपैयाँभन्दा कम ऋण लिएका छन्।

१ देखि २ करोड रुपैयाँ ऋण लिनेहरूको संख्या ३५ हजार चार सय ८८ रहेको छ। २ देखि ३ करोड ऋण लिनेहरू १२ हजार ४ सय ५२ जना छन् भने ३ देखि ५ करोड ऋण लिनेहरूको संख्या नै हजार ५ सय १० रहेको छ।

बढ्दो रकम अनुसार ऋणीहरूको संख्या घट्दै जान्छ। ५ देखि १० करोड ऋण लिनेहरू ६ हजार ७ सय १३ छन् भने १० देखि ५० करोड ऋण लिनेहरूको संख्या छ हजार २ सय ९९ रहेको छ।

यता ५० देखि १०० करोड ऋण लिनेहरू एक हजार ९ सय १६ मात्र छन् भने १०० करोडभन्दा माथिको ऋण लिनेहरू जम्मा ३ सय ८८ जना मात्रै रहेका छन्।

यस तथ्यांकले साना व्यवसायी र व्यक्तिगत ऋणीहरूको संख्या धेरै भए पनि कुल ऋणको ठूलो हिस्सा थोरै ठूला ऋणीहरूमा केन्द्रित भएको हुन सक्ने देखाउँछ। साथै, यसले वित्तीय पहुँच र आर्थिक शक्ति कसरी सिमित व्यक्तिहरूमा केन्द्रित छ भन्ने कुरा पनि देखाउँछ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै