prabhu

‘लघुवित्तको समस्याले अर्थतन्त्र चलायमान हुन सकेन’

काठमाडौँ। पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले लघुवित्तको समस्याका कारण अर्थतन्त्र चलायमान हुन नसकेको बताएका छन् । सोमबार आयोजित ‘संघीयताको दृष्टिमा आर्थिक वर्ष ०८२-०८३ को बजेट’ शीर्षक कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

अर्थतन्त्र चलायमान हुन नसक्नुको कारणमध्ये एक सहकारी र लघुबित्तमा देखिएको समस्याको नकारात्मक प्रभाव रहेको भएपनि अर्थमन्त्री र सरकारको ध्यान त्यसतर्फ नगएको उनको भनाइ छ ।

उनले अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले तल्लो वर्गलाई छुन नसकेको बताएका छन् । बजेटले गरिब, मजदुर, किसान र सहकारी पीडितलाई नछोएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै