वास्तविक किसान पहिचान गरेर ऋण दिन गभर्नरको आग्रह

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सही किसान पहिचान गरेर ऋण दिन आग्रह गरेका छन्। गभर्नर पौडेलले वास्तविक किसान पहिचान गरेर लोन दिन बैंकहरुलाई आग्रह गरेका हुन् ।

उनले बैंकहरुले दिएको ऋणको जिम्मेवार बैंक आफै रहेको बताएका छन् । त्यसकारण बुझेर मात्र सही किसानलाई ऋण दिन आग्रह गरेका हुन्।

योसँगै गभर्नर पौडेलले कहिलेकाही राम्रो काम गर्दा गर्दै गल्ती हुने भन्दै उनले सही किसान पहिचान गर्न बैंकलाई सचेत गराएका छन्।

हाल राष्ट्र बैंकका गभर्नर सडक नजोडिको ठाउँका किसानहरुलाई कसरी ग्रो बनाउने, जग्गाहरुलाई कसरी मनिटाइज गराउने, कसरी त्यसलाई आधार मानेर लोन दिने विषयमा गम्भीर भइरहेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्