काठमाडौँ। सम्पदा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लक्ष्मण पौडेल नियुक्त भएका छन् ।
यसअघिका सीईओ केशव पौडेलको राजीनामा स्वीकृत भएसँगै उक्त पदमा पौडेल नियुक्त भएका हुन्।
कम्पनी सञ्चालक समितिको जेठ २० गते बसेको बैठकको निर्णयले संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पौडेललाई नियुक्त गरेको हो ।