DISH HOME

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ, २ अर्ब ५० करोड रुपैयाँ हिनामिना गरेको आरोप, थप अनुसन्धान जारी !

काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्षलाई सीआईबीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सल्यान घर भई हाल जिल्ला बाँके, नेपालगञ्ज उप महानगरपालिका वडा नं २० बस्ने ६५ वर्षीय बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरेको हो।

बैंकको २ अर्ब ५० रुपैयाँ हिनामिना प्रकरणमा संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको छ । बैंकको रकम अपचलन प्रकरणमा सीआईबीले छानविन सुरु गरेपछि राय फरार थिए ।

रायलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै