लगानीको सुनौलो अवसर: छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको १ लाख ३३ हजार ९७१ कित्ता सेयर बिक्रीमा ल्याएको छ। हालको चरणमा मात्रै विद्यमान संस्थापक शेयरधनीहरूलाई यसमा लगानी गर्न आवेदन दिने अनुमति दिइएको छ।

संस्थाले प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ तोकेको छ। इच्छुक संस्थापक सेयरधनीहरूले यो मूल्य वा सोभन्दा बढी दर कबुल गरेर आवेदन दिनुपर्नेछ।

सेयर खरिदको लागि आवेदन संस्थाको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौंमा दिन सकिनेछ। निवेदन दिने समयसीमा ३५ दिन तोकिएको छ।

यदि तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन नदिएमा, सार्वजनिक रूपमै अन्य व्यक्तिहरू तथा संस्थाहरूका लागि पनि सेयर बिक्री खुला गरिने संस्थाले जानकारी दिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्