prabhu

‘सरकारले गभर्नर नियुक्त नगरेर ऐनको धज्जी उठायो’

काठमाडौँ।  प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले सरकारले समय मै  गभर्नर नियुक्त नगरेर ऐनको धज्जी उठाएको बताएका छन्। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन्।

सरकारले समयमा गर्भनर नियुक्त गर्न नसकेको देख्दा आम नागरिकहरुको पिडा बेग्लै रहेको उनले उल्लेख गरेका छन् ।

सभामा उनले भने, ‘राष्ट्र बैंक ऐन २०५८ को दफा ‘२५’ मा बहालवाला गभर्नरको कार्यकाल समाप्त हुनु एक महिना अगाडि नै गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ । तर, सरकार आफैले यो ऐन व्यवस्थाको धज्जी उठाएको छ । कारबाही कसलाई गर्ने हो ? सरकारको आयु नै घटबढ होला जस्तो देखिएको छ । जुन साह्रै नै लज्जासपद हो ।’

‘हाल बैंकहरूले नागरिकहरुको गाडापसिनाबाट संचित रकम न्युन  ब्याजदरमा संकलन गर्दै उच्च  ब्याजदरमा ऋण प्रवाह गर्दै छन्। यस्तो गर्दा सङ तथा  मझौला व्यवसायीहरुलाई असहज बनाएको छ। उनीहरु वित्तीय व्यवस्थापनमा जुधिरहेका छन् । कतिपय तनाबका कारण आत्महत्या गर्न बाध्य भएका छन्।’ उनले सभामा थप बोल्दै भने।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै