prabhu

सपोर्ट लघुवित्तलाई कर्मचारी आवश्यक, दिने होइन त आवेदन ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

लघुवित्तले कोशी प्रदेशअन्तर्गतका जिल्लामा कार्यक्रम विस्तार तथा सञ्चालन गर्न वरिष्ठ सहायक र कनिष्ठ सहायक पदमा केही कर्मचारी माग गरेको छ ।

इच्छुक उम्मेदवारले जेठ ६ गतेभित्र निवेदन पेश गर्नुपर्नेछ । निवेदन लघुवित्तको केन्द्रीय कार्यालय इटहरी-४, सुनसरीमा वा इमेल ठेगाना smicrofinance.vacancy@gmail.com मार्फत पनि दिन सकिनेछ ।

आवेदन फाराम र पाठ्यक्रम लघुवित्तकै वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै