ग्लोबल आइएमई लघुवित्तको खुद नाफा ४० प्रतिशतले बढ्यो, ईपीएस ३२ रुपैयाँ नाघ्यो, अन्य सूचक कस्तो ?

काठमाडौँ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले १५ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको हो।

यो गत वर्षको सोही अवधिको १० करोड ७२ लाख रुपैयाँभन्दा ४० प्रतिशतले बढी हो। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। अघिल्लो वर्ष २३ रुपैयाँ १० पैसा रहेको ईपीएस चालू वर्षमा बढेर ३२ रुपैयाँ ३९ पैसा पुगेको छ।

कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो वर्षको ४४ करोड ६१ लाख रुपैयाँबाट बढेर झण्डै ५४ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि १५ करोड ३२ लाख रुपैयाँबाट बढेर करिब साढे २१ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ छ भने जगेडा कोषमा करिब ६३ करोड रुपैयाँ संचित छ। कम्पनीको निष्क्रिय कर्जा अनुपात ४.४८ प्रतिशत रहेको छ। प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ६६ पैसा छ भने हालसम्मको वितरणयोग्य नाफा (लाभांश क्षमता) ८ करोड ८७ लाख रुपैयाँ रहेको छ।

आर्थिक सूचकहरू मजबुत देखिएसँगै ग्लोबल आइएमई लघुवित्तको वित्तीय अवस्था सुदृढ बन्दै गएको देखिन्छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्