काठमाडौं । सरकारले डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेको छ। शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।
उनले सूचना प्रविधिको पूर्वाधार विस्तार गर्दै डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने योजनासहित डिजिटल बैंक स्थापना गरिने जनाएका छन्।
राष्ट्रपति पौडेलले भने, ‘सूचना प्रविधिको पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ। यसका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिनेछ र डिजिटल बैंक स्थापना गरिनेछ।’
सरकारको यो कदम डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आधुनिक वित्तीय प्रणालीतर्फको महत्वपूर्ण अग्रसरताका रूपमा हेरिएको छ।

								
								
								
								
								
								
			