सरकारले गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने

काठमाडौँ। सरकारले बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

राष्ट्रपतिले भने, ‘वित्तीय क्षेत्रको स्थायित्व र दिगोपनाका लागि वित्तीय क्षेत्र विकास रणनीति लागू गरिनेछ। बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति तथा गैरसञ्चालक कर्जाको व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिनेछ।’

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्