मातृभूमि लघुवित्त ११ करोडभन्दा बढीको एफपीओ ल्याउने तयारीमा, धितोपत्र बोर्डसँग अनुमति माग

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ११ करोड रुपैयाँ बराबरको एफपीओ (फलो-अप पब्लिक अफर)जारी गर्ने प्रक्रिया थालेको छ।

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एक आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्तले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपीओ जारी गर्न अनुमति माग्दै निवेदन दिएको हो।

बोर्डले स्वीकृति दिएमा कम्पनीले ११ करोड ४९ लाख ९८ हजार २५९ रुपैयाँ ७६ पैसाको एफपीओ सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्नेछ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ११ लाख ४९ हजार ९८२।६० कित्ता शेयर बिक्री खुला गर्ने तयारी गरेको छ। यस एफपीओको बिक्री व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्