काठमाडौँ। गरिमा विकास बैंकले उद्यमीहरूलाई एसएमइ लोन दिने भएको छ। बैंकले उद्यमीहरूलाई दुई करोडसम्म एसएमइ लोन दिने भएको हो ।
बैंकले एक सूचना जारी गर्दै उद्यमीहरूको व्यवसायीक सपना साकार पार्ने उद्देश्यले सस्तो ब्याजदर र न्यूनतम सेवा शुल्कमा दुई करोडसम्म एसएमइ लोन दिने जनाएको छ।
यस्तो कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ। सूचनासहित: