prabhu

वाणिज्य बैंकहरूको आधार दर एकल अंकमा झर्यो, सबैभन्दा उच्च आधार दर एनआइसी एशिया बैंकको, कम कुन बैंकको ?

काठमाडौँ। वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) एकल अंकमा झरेको छ। हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरूले आफ्नो आधार दर १० प्रतिशतभन्दा तल झारेका छन्।

बैंकहरूमा कर्जाको माग घटिरहेको अवस्थामा बैंकहरूले निक्षेपमा दिइने ब्याजदरमा कटौती गर्दै आएका छन्।  जसको प्रत्यक्ष प्रभाव आधार दरमा देखिएको हो।

त्यस्त, स्टान्डर्ड चार्टर्ड बैंक सबैभन्दा कम आधार दर कायम गर्ने बैंक बनेको छ।  जसको आधार दर ५.०२ प्रतिशतमा झरेको छ। त्यसपछि क्रमश: राष्ट्रिय वाणिज्य बैंकको ५.१४ प्रतिशत, एभरेष्ट बैंकको ५.४५ प्रतिशत, नेपाल बैंकको ५.८९ प्रतिशत, र नबिल बैंकको ५.९७ प्रतिशत रहेको छ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.१० प्रतिशत, ग्लोबल आइएमई बैंकको ६.३८ प्रतिशत ,माछापुच्छ्रे बैंकको ६.३८ प्रतिशत, सानिमा बैंकको ६.४८  प्रतिशत, एनएमबि बैंकको ६.४९  प्रतिशत, सिद्धार्थ बैंकको ६.५३  प्रतिशत, सिटिजन्स बैंकको ६.६२ प्रतिशत, एसबिआई बैंकको ६.७३  प्रतिशत, हिमालयन बैंकको ६.७७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.७८ प्रतिशत, प्रभु बैंकको ६.८२ प्रतिशत, कुमारी बैंकको ६.८८ प्रतिशत र  प्राइम कमर्सियल बैंकको ६.९ प्रतिशत रहेको छ।

सबैभन्दा उच्च आधार दर भने एनआइसी एशिया बैंकको ७.३१ प्रतिशत रहेको छ। यद्यपि आधार दर कम हुनु आफैंमा सस्तो कर्जा भन्ने होइन्। किनभने बैंकहरूले कर्जाको प्रकारअनुसार आधार दरमा १ देखि ५ प्रतिशतसम्म ‘प्रिमियम’ थपेर कूल ब्याजदर निर्धारण गर्छन्। त्यसैले ग्राहकहरूले कर्जा लिँदा कुल ब्याजदरको स्पष्ट जानकारी लिनु जरुरी हुन्छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै