हिमालयन बैंकको बत्तीसपुतली शाखा नयाँ स्थानमा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो बत्तीसपुतली शाखालाई नयाँ स्थानमा सारेर सेवा सुरु गरेको छ। अबदेखि बैंकले वडा नं ९ स्थित राम मन्दिरतर्फ जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट सेवा प्रदान गर्नेछ।

बैंकका अनुसार बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ सेवा नयाँ स्थानबाट औपचारिक रूपमा सञ्चालन गरिएको हो। नयाँ स्थानमा शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र अन्य उच्चपदस्थ कर्मचारी तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्