विकास बैंकहरुको नाफा ४.३५ प्रतिशतले बढ्यो, गरिमा विकास बैंकको नाफा सबैभन्दा धेरै

काठमाडौँ। विकास बैंकहरुको नाफा बढेको छ। चालु आर्थिक वर्षको चैतसम्ममा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ४.३५ प्रतिशतले बढेको हो।

यस अवधीमा बैंकहरुले ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ नाफा कमाएका छन्। जसमध्ये सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकको ७.३२ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा सो बैंकले ७३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रकमका आधारमा शीर्ष स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले भने चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्