prabhu

नौ महिनामा वाणिज्य बैंकहरूको नाफा ४१ अर्बभन्दा बढी, नबिल अग्रस्थानमा, अन्य बैंकको अवस्था कस्तो ?

काठमाडौँ। नौ महिनामा वाणिज्य बैंकहरूले ४१ अर्बभन्दा बढी नाफा कमाएका छन्। चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपालका २० वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएका हुन् ।

गत वर्षको सोही अवधिको तुलनामा यो नाफा १.४ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको नौ महिनामा बैंकहरूको नाफा ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ थियो।

यस अवधिमा ११ वटा बैंकले आफ्नो नाफा बढाउन सफल भएका छन् भने ९ वटा बैंकको नाफामा गिरावट आएको छ।

सबैभन्दा बढी नाफा कमाउने बैंकहरू

नाफाको हिसाबले नबिल बैंक अग्रस्थानमा रहेको छ। बैंकले समीक्षा अवधिमा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ। जसले ४ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ।

तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। यस बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ। त्यस्तै, चौथो स्थानमा एभरेष्ट बैंक छ। जसको नाफा ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ।  जुन अघिल्लो वर्षको तुलनामा ३९.८७ प्रतिशतले वृद्धि भएको हो।

यता माछापुच्छ्रे बैंकले २८.८९ प्रतिशत नाफा वृद्धि गर्दै १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको छ। साथै,

अन्य बैंकहरूको नाफा वृद्धि

नेपाल बैंक: ५ अर्ब ५ करोड १४ लाख

एनआईएमबि बैंक: २ अर्ब ३७ करोड (५.८८ प्रतिशत वृद्धि)

सानिमा बैंक:  १ अर्ब ६९ करोड (२१.३९ प्रतिशत वृद्धि)

नेपाल एसबीआई बैंक:   १ अर्ब ३० करोड (११.९५ प्रतिशत वृद्धि)

प्रभु बैंक:   १ अर्ब ८७ करोड (३.५१ प्रतिशत वृद्धि)

लक्ष्मी सनराइज बैंक:  १ अर्ब ६५ करोड (२.२४ प्रतिशत वृद्धि)

नाफामा गिरावट आएको बैंकहरू

एनआईसी एशिया बैंकको नाफामा सबैभन्दा ठूलो गिरावट देखिएको छ। बैंकको नाफा ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाखमा झरेको छ। हिमालयन बैंकको नाफा ७४.३३ प्रतिशतले घटेर ५० करोडमा सीमित भएको छ भने कुमारी बैंकको नाफा ७२.८१ प्रतिशतले घट्दै २८ करोड ५८ लाखमा झरेको छ।

अन्य गिरावट आउने बैंकहरूमा

राष्ट्रिय वाणिज्य बैंक: ४९.२८ प्रतिशत घटेर १ अर्ब २० करोड ४३ लाख

प्राइम बैंक:  २२.५६ प्रतिशत घटेर २ अर्ब २२ करोड

सिटिजन्स बैंक:  २०.६० प्रतिशत घटेर ९६ करोड

स्ट्याण्डर्ड चार्टर्ड बैंक:  ११.१७ प्रतिशत घटेर २ अर्ब १७ करोड

कृषि विकास बैंक: १०.१७ प्रतिशत घटेर १ अर्ब ८४ करोड

सिद्धार्थ बैंक:  १.१९ प्रतिशत घटेर १ अर्ब ६० करोड

वाणिज्य बैंकहरूले नाफामा समग्र सुधार देखाए पनि केही बैंकहरू भने गम्भीर रूपमा प्रभावित भएका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै