बैंकिङ सन्दर्भमा ऋणात्मक भन्नाले के बुझीन्छ ? (बैंकिङ साक्षरता भाग-७)

काठमाडौँ। ऋणात्मक भन्नाले सामान्यतया नकारात्मक भन्ने बुझीन्छ । यो शब्द विभिन्न सन्दर्भमा फरकफरक तरिकाले प्रयोग हुने गर्दछ।

बैंकिङ सन्दर्भमा ऋणात्मक भन्नाले  के बुझीन्छ ?

बैंकिङ क्षेत्रमा ऋणात्मक भन्ने शब्द प्राय: आर्थिक हिसाब-किताबमा घाटा, कमी, वा ऋण जनाउन प्रयोग हुन्छ। यो शब्दले बैंक, ग्राहक वा कुनै संस्थाको वित्तीय स्थितिमा नकारात्मक संकेत गर्छ। यसका सन्दर्भ

ऋणात्मक ब्यालेन्स

यदि तपाईंको बैंक खातामा रहेको पैसा शूनुभन्दा कम छ भने त्यसलाई ऋणात्मक ब्यालेन्स भनिन्छ। जस्तै: सीताको खातामा -५०० छ। यसको अर्थ उनले बैंकबाट ५०० रुपैयाँ उधारो लिएकी छिन्। जुन बैंकलाई तिर्नुपर्ने छ। जसलाई ऋणात्मक ब्यालेन्स भनेर बुझिन्छ।

 ऋणात्मक नगद प्रवाह 

कुनै कम्पनी वा व्यक्तिले कमाइभन्दा बढी खर्च गरिरहेको छ भने त्यसको क्यास फोल्यो ऋणात्मक हुन्छ। जस्तै: यस वर्ष कम्पनीको नगद प्रवाह ऋणात्मक छ।  यसको अर्थ कमाइभन्दा खर्च धेरै हुनु हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्