prabhu

‘बिचौलियाहरूबीच कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भयो’

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिचौलियाहरूबीच कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको दाबी गरेका छन्। उनले बिहीबार रुपन्देहीमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले गभर्नर नियुक्तिको विषयमा दलहरुबीच भन्दापनि बिचौलियाहरूबीच कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको दाबी गरेका छन् ।

योसँगै सरकारलाई बिचौलियाको स्वार्थअनुसार गभर्नर नियुक्त गरेर इमानदार कर्मचारीलाई पिडीत नबनाउन उनले सुझाव दिएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै