काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा राम्रो मान्छे नियुक्त हुने बताएका छन्। उनले आफ्नै निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूसहितको बैठकमा यस्तो बताएका हुन्।
कांग्रेस र नेकपा एमालेबीच भागबन्डामा कुरा नमिलेर गभर्नर नियुक्ति हुन नसकेको बेला उनले पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूसहितको बैठकमा गभर्नरमा राम्रो मान्छे नियुक्त हुन लागेको उल्लेख गरेका छन्।
योसँगै उनले अबको दुई-तीन दिनभित्रै गभर्नरको पदमा राम्रो मान्छे आउने जानकारी गराएका छन्।