काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद विराजभक्त श्रेष्ठले सरकराले सेटिङमा गर्भनर नियुक्त गर्न लागेको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै सरकराले सेटिङमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न लागेको बताएका हुन् ।
देशको आर्थिक मेरुदण्डमाथि यस्तो खेलवाड गरेको नेपाली जनताले स्वीकार्न नसक्ने उनले उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘यही हो सुशासन ? सेटिङको सिण्डिकेटले अब राष्ट्र बैंक पनि कब्जा गर्दैछ भन्ने सुन्दै छौं। अलिकति बाँकी रहेको जनताको भरोसा पनि चकनाचुर हुन्छ ! सुन्दै छौं-राजेन्द्र किशोर क्षेत्री, अर्को गभर्नर सेटिङमा बन्दै छन् !
यो सुशासन होइन, यो त सत्ता र सिण्डिकेटको नांगो साँठगाँठ हो ! देशको आर्थिक मेरुदण्डमाथि यस्तो खेलवाड जनताले कहिल्यै स्वीकार्दैनन्।’ सूचनासहित: